आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल अमेरिकासँग १०६ रनले पराजित

नेपाल अमेरिकासँग १०६ रनले पराजित

नागरिक पाटी

९, कार्तिक २०८२
  • 2.9K
    SHARES
  • नेपाल अमेरिकासँग १०६ रनले पराजित

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

    images

    अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५६ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७ रन बनाए । अमेरिकाका हर्मीत सिंहले ६ विकेट लिए ।

    यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

    आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - १९:३५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology