आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

नागरिक पाटी

१७, कार्तिक २०८२
  • 2.8K
    SHARES
  • भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

    दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

    images

    नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो । भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् ।

    दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट एक सय एक रन बनाइन् । त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।

    भारत र दक्षिण अफ्रिकाले यसअघि महिला एकदिवसीय क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलेका छन् । त्यसमध्ये भारतले २०, दक्षिण अफ्रिकाले १३ खेल जितेको छ र एक खेल बराबरीमा टुंगिएको छ । यसअघि सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - ०७:२८:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology