जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
पक्रउ पर्नेमा बनेपा नगरपालिका–४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।