काठमाडौंको चन्द्रागिरिबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त, थानकोटको टोलीले उनीहरूको साथबाट १७ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ । थानकोट प्रहरीका अनुसार, उनीहरूलाई विशेष सूचनाको आधारमा सोमबार साँझ पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नगदसहित कौडा खेल्न प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।