आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चुनावले बन्द नेपाल–भारत सीमा नाका आज रातिपछि खुल्ने

चुनावले बन्द नेपाल–भारत सीमा नाका आज रातिपछि खुल्ने

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 3.5K
    SHARES
  • चुनावले बन्द नेपाल–भारत सीमा नाका आज रातिपछि खुल्ने

    भारतको बिहारमा आज भइरहेको दोस्रो चरणको विधानसभा चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका बन्द भएका हुन् ।

    images

    सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलका अनुसार भारतको बिहार राज्यमा विधानसभा चुनावका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको हो । शनिवार रातिदेखि बन्द नाका आजराति १२ बजेपछि खुल्नेछ ।

    सीमा बन्द भएसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा शुरु गरिने जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - ०९:४९:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology