आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फागुनको पहिलो हप्ता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

फागुनको पहिलो हप्ता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 3.2K
    SHARES
  • फागुनको पहिलो हप्ता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

    सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    images

    यस्तै बैठकले प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो । तर, सोमवारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ ।

    राष्ट्रिय खेलकुद परिषद्को गएको बुधवार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको १ देखि ७ गते आयोजना गर्ने निर्णय गरेको थियो । खेलकुदमन्त्री भएर आएपछि पहिलो बोर्ड बैठकबाट बब्लु गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराउनुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - ०९:५४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology