आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 2.1K
    SHARES
  • ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

    जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।

    images

    जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मंगलबार जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।

    यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको तथ्य प्रस्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ । यो कार्य सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री भएको जेनजी मुभमेन्टको ठहर छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - १२:५५:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology