आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, साविक विजेता जनकपुर बोल्ट्स ५ विकेटले पराजित

एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, साविक विजेता जनकपुर बोल्ट्स ५ विकेटले पराजित

नागरिक पाटी

१, मंसिर २०८२
  • 3.0K
    SHARES
  • एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, साविक विजेता जनकपुर बोल्ट्स ५ विकेटले पराजित

    काठमाण्डौ गोखार्जले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजयी शुरुआत गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डौका बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । काठमाण्डौका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए ।

    images

    त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाण्डौका मिलिन्द कुमारले ३ विकेट लिए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

    आजदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - १९:२९:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology