आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने धादिङका एक सहित तीन बिचौलिया पक्राउ

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने धादिङका एक सहित तीन बिचौलिया पक्राउ

नागरिक पाटी

१, मंसिर २०८२
  • 4.1K
    SHARES
  • छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने धादिङका एक सहित तीन बिचौलिया पक्राउ

    प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन बिचौलियालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।

    images

    पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर, सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा र सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई छिटोछरितो पासपोर्ट बनाइदिने भन्दै अतिरिक्त रकम लिने गरेका थिए ।

    कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको काममा समेत अवरोध पुर्‍याउँदै आएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - २०:०२:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology