आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने

दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने

नागरिक पाटी

२, मंसिर २०८२
  • 3.1K
    SHARES
  • दुर्गा प्रसाईं ४ दिन हिरासतमा रहने

    गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो ।

    images

    राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनले प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १५:०३:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology