आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

नागरिक पाटी

६, मंसिर २०८२
  • 1.5K
    SHARES
  • आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।

    images

    कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ ।

    उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।

    दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०८२ शनिवार - ०७:४७:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology