आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘जेनजी’ प्रदर्शनमा हराएका थुक्तेन दुई महिनादेखि बेपत्ता

‘जेनजी’ प्रदर्शनमा हराएका थुक्तेन दुई महिनादेखि बेपत्ता

नागरिक पाटी

१२, मंसिर २०८२
  • 4.8K
    SHARES
  • ‘जेनजी’ प्रदर्शनमा हराएका थुक्तेन दुई महिनादेखि बेपत्ता

    गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंको चुच्चेपाटी पुगेका हुम्लाका थुक्तेन पाल्वर लामा दुई महिनादेखि बेपत्ता छन् । हुम्लाको नाम्खा गाउँपालिका–३, खगालगाउँका थुक्तेन जेनजी प्रदर्शनका क्रममा भदौ २३ गते नयाँ बानेश्वर र २४ मा चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रमा पुगेका थिए । तीनचुलीमा बस्दै आएका थुक्तेनको हालसम्म कुनै अत्तोपत्तो नभएको उनका दाइ ङयुर तामाङले बताए ।

    images

    थुक्तेन नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर भतिजासँगै बस्दै आएका थिए । थुक्तेन हराएपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी वृत्त गौशालामा खोजीका निम्ति निवेदन दिएको थियो ।

    सँगै गएका साथीहरूले थुक्तेन भाटभटेनी क्षेत्रमा हराएको भन्दै परिवारलाई खबर पुर्‍याएका थिए । प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए । त्यहाँ सरसफाइ गर्ने क्रममा चार दिनपछि सातजनाको शव जलेको अवस्थामा फेला परेको थियो ।

    सातै शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पोका पारेर राखिएको छ । ती शवको डीएनए परीक्षण गर्न नमिल्ने निष्कर्ष निकालिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८२ शुक्रवार - १८:४५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology