चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेडा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, भरतपुर महानगरपालिका–४ का २१ वर्षीय सरोज तामाङ, वडा नं १७ का २४ वर्षीय बसन नेपाली, वडा नं २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनोज विक र ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।
यस्तै, पर्सा वीरगञ्ज महानगरपालिका–१ छप्कैया बस्ने २३ वर्षीया आइषा खातुन पनि पक्राउ परेका छन् । उनीहरूका साथबाट १४२ दशमलव ६८ ग्राम खैरो हिरोइन पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।