आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

नागरिक पाटी

४, पौष २०८२
  • 3.2K
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा हुनुभएको छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने जिल्ला अदालत उपस्थित भएर रिहा हुनुभएको हो ।

    images

    हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने आज रुपन्देही जिल्ला अदालतमा धरौटीको प्रक्रिया पूरा गरेर थुनामुक्त भएका अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

    आज दिनभर उडान प्रभावित हुँदा रास्वपा सभापति लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुन ढिलाइ भएको हो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुपर्‍यो । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देही पुग्नुभएको हो ।

    सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालत बुटबल इजलासले हिजो रिहा गर्न आदेश दिएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १९:०३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology