आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चितवनमा मंसिर यता ५२ वटा लागुऔषधका मुद्दा

चितवनमा मंसिर यता ५२ वटा लागुऔषधका मुद्दा

नागरिक पाटी

२२, पौष २०८२
  • 2.1K
    SHARES
  • चितवनमा मंसिर यता ५२ वटा लागुऔषधका मुद्दा

    जिल्ला प्रहरी कार्यालय चितवनमा मंसिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    images

    यसैबिच पछिल्लो समय १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्ती नगरपालिका–११ बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ र ३१ वर्षीय हीरालाल तामाङ रहेका छन् । दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।

    images
    images
    images
    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - ०७:२८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology