आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

नागरिक पाटी

२९, पौष २०८२
  • 3.5K
    SHARES
  • रोजगारीका लागि भारत गएका दुई परिवारका ९ सदस्यको आगलागीमा परेर मृत्यु

    रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।

    images

    उक्त वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् ।

    उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे, पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । यद्यपि आगलागीको कारण भने नखुलेको वडाध्यक्षले बताए ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - १५:०३:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology