अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु गरेयता १ लाख भन्दा बढी भिसा खारेज भएको छ । ट्रम्प प्रशासनले अध्यागमनमा कडाइ गरिरहँदा धमाधम भिसा खारेज भइरहेको अमेरिकी विदेश मन्त्रालयले बताएको हो ।
मन्त्रालयले सोमबार सामाजिक सञ्जालमा गरेको पोस्टका अनुसार यसरी खारेज भएका भिसामा ८ हजार विद्यार्थी र २ हजार ५०० विशेष कामदारहरू छन् ।आपराधिक गतिविधिका कारण अमेरिकी कानुनको घेरामा आउँदा अधिकांश भिसा रद्द भएको बताइएको छ । यिनीहरूमाथि कुनै अभियोग वा मुद्दा लगाइएको छ कि छैन भनेर पोस्टमा खुलाइएको छैन । भिसा रद्द हुनुको मुख्य चार कारण समय सकिएपछि पनि बस्ने प्रवृत्ति, मादक पदार्थ खाएर गाडी चलाउनु, कुटपिट र चोरीमा संलग्न रहनु भएको मन्त्रालयका उपप्रवक्ता टमी पिगोटले बताएका छन् ।