प्रहरीले काठमाडौंको नागढुंगाबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका-२,नागढुंगाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २५ वर्षीय कृष्णबहादुर कुवँरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।