आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौँ र ललितपुरका दुई डेरामा चोरी

काठमाडौँ र ललितपुरका दुई डेरामा चोरी

नागरिक पाटी

९, माघ २०८२
  • 1.3K
    SHARES
  • काठमाडौँ र ललितपुरका दुई डेरामा चोरी

    काठमाडौँ र ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा रहेका डेराबाट करिब तीन लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बिहीबार दिउँसो काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित सुमिना कार्कीको कोठाबाट सुनका गरगहना र नगदसहित करिब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

    images

    झापा कमल गाउँपालिका–८ घर भई हाल गल्फुटारमा डेरा गरी बस्ने कार्कीको कोठामा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ।
    त्यसैगरी ललितपुर महानगरपालिका–९ भोल ढोकास्थित अर्को एक डेराबाट पनि चोरी भएको छ। महाङ्काल गाउँपालिका–२ घर भई हाल भोल ढोकामा बस्ने सुमिना तामाङको कोठाबाट सुनको सिक्री र नगद गरी १ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। तामाङको कोठामा बिहीबार बिहानै चोरी भएको जानकारी प्राप्त भएको छ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - १४:३१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology