आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगाबाट चाँदीसहित एकजना पक्राउ

नागढुंगाबाट चाँदीसहित एकजना पक्राउ

नागरिक पाटी

१४, माघ २०८२
  • 3.0K
    SHARES
  • नागढुंगाबाट चाँदीसहित एकजना पक्राउ

    नेपाल प्रहरीले नागढुंगाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह छन् ।

    images

    प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित उनलाई मंगलबार पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई पक्राउ गरिएको जानकारी दिए । उक्त चाँदीको मूल्य १६ लाख ९० हजार रुपैयाँबराबर रहेको छ ।

    पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०८२ बुधवार - ०७:२७:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology