आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विमानको एउटा इन्जिनमा समस्या आएपछि धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच

विमानको एउटा इन्जिनमा समस्या आएपछि धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच

नागरिक पाटी

२१, माघ २०८२
  • 7.1K
    SHARES
  • विमानको एउटा इन्जिनमा समस्या आएपछि धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच

    काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान भारतको कोलकातामा सकुशल अवतरण भएको छ । काठमाण्डौबाट दिउँसो १ बजेर २९ मिनेटमा टर्किएको इस्तानबुलका लागि उडेको टर्किस एअरलाइन्सको विमान दिउँसो ३ बजेर ३ बजे कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    images

    विमान उडेको २ मिनेटमै जहाजको दाहिने इन्जिनमा आगो लागेको भनेर विमानस्थलमा खबर भएको थियो । रिपोर्टपछि विमानले केही समय धादिङको धार्के क्षेत्रमा होल्ड गर्दै प्राविधिक अवस्था जाँच गरेको थियो । त्यसपछि चालकदलले भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानमा २ सय २५ जना यात्रु र चालक दलका ११ गरी २ सय ३६ जना थिए ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - २०:५२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology