नुवाकोटको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा मासु खाने क्रममा हड्डी अ ड्कँदा एक महिलाको निधन भएको छ । ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा त्रिशूली अस्पचालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासुसँग खाने क्रममा घाटीमा हड्डी अड्किएको थियो । घटनालगत्तै उपचारका लागि अस्पताल पुर्याएपछि उपचारको क्रममा मृत्यु भएको