आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गामा करिब ३ केजी चाँदीसहित १७ वर्षीय किशोर पक्राउ

नागढुङ्गामा करिब ३ केजी चाँदीसहित १७ वर्षीय किशोर पक्राउ

नागरिक पाटी

५, फाल्गुण २०८२
  • 1.1K
    SHARES
  • नागढुङ्गामा करिब ३ केजी चाँदीसहित १७ वर्षीय किशोर पक्राउ

    काठमाडौँको मुख्य नाका नागढुङ्गामा प्रहरीले झण्डै ३ केजी चाँदीसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएको चाँदीका दानासहित पर्साका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार अपराह्न ४ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र। ०१(००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा रोकिएको थियो। प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले खानतलासी गर्दा बसमा सवार किशोरको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको अवस्थामा चाँदी फेला परेको हो।

    बरामद गरिएको २ केजी ९०० ग्राम चाँदीको बजार मूल्य करिब १२ लाख १४ हजार ५ सय २० रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। अवैध रूपमा ओसारपसार गरिएको उक्त चाँदी र पक्राउ परेका युवकलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १७:०९:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology