लागुऔषध ब्राउनसुगरसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पर्साको धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई ब्राउनसुगर करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।