वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए ।
प्रहरी प्रमुख शाहीका अनुसार बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आए पनि सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप परीक्षण गर्नुपर्ने भएकाले प्रहरीले उक्त प्रक्रियासमेत अगाडि बढाएको बताए । यता, इनिशाका परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै पक्राउ परेका चारैजनालाई कारबाहीको माग गर्दै आएको छ ।