आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ओली पक्राउ परेको विरोधमा एमालेको प्रदर्शन

ओली पक्राउ परेको विरोधमा एमालेको प्रदर्शन

नागरिक पाटी

१५, चैत्र २०८२
  • 2.0K
    SHARES
  • ओली पक्राउ परेको विरोधमा एमालेको प्रदर्शन

    पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

    images

    ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।

    एमालेको प्रदर्शनका कारण काठमाण्डौको माइतीघर–बबरमहल सडकमा अवरोध भएको छ । माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ हिँडेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा रोकेको छ । काठमाण्डौको प्रदर्शनमा केन्द्रीय तहका नेताहरू पनि सहभागी छन् ।

    भदौ २३ र २४ गतेको आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीले हिजो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८२ आइतवार - १५:३४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology