आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इनिशा विक मृत्यु प्रकरण : पुर्पक्षका लागि चार बालक जेल चलान

इनिशा विक मृत्यु प्रकरण : पुर्पक्षका लागि चार बालक जेल चलान

नागरिक पाटी

१८, चैत्र २०८२
  • 1.6K
    SHARES
  • इनिशा विक मृत्यु प्रकरण : पुर्पक्षका लागि चार बालक जेल चलान

    सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय आइतबार अदालत पुगेको थियो । आइतबार प्रहरी अनुसन्धानको रायबमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएका थियो । महतका अनुसार चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको थियो ।

    images

    सामूहिक रूपमा जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोगमा उनीहरूलाई आजन्म कैद सजायको माग अभियोगपत्रमा गरिएको थियो । यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाबाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम कानुनको विवादमा परेका बालकहरू परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ बाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाउन माग गरिएको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०८२ बुधवार - ११:२३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology