जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डँगोलसँग छलफल गरेपछि पहिलो चरणमा ३ ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले बताए ।
पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको छ । उनका अनुसार शनिबार बिहान ६ बजेबाट त्यहाँ डोजर चलाएर सुकुमबासी बस्तीका घर र टहरा हटाउने निर्णय गरिएको छ ।