आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

नागरिक पाटी

२४, बैशाख २०८३
  • 1.5K
    SHARES
  • आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई ३३ रनले हराएको छ । यससँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ भने पञ्जाब दोस्रो स्थानमा झरेको छ ।

    images

    पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ । हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । हैदरावादले दिएको २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाएर २०२ रनमात्र बनाउन सक्यो ।

    हैदरावादको जीतमा अभिषेक शर्मा, ट्रभिस हेड र नितिश कुमारले २०० भन्दा बढीको स्ट्राइकरेटमा ब्याटिङ गरे । अभिषेकले १३ बलमा ३५, हेडले १९ बलमा ३८ र नितिशले १३ बलमा २९ रन बनाएका थिए । आईपीएलमा हैदरावाद ११ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा छ भने पञ्जाब १० खेलमा १३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।

    आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंलुरु र लखनउ सुपर जाइन्टस खेल्नेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - ०६:३८:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology