आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरमा अवैध कन्सल्टेन्सी बन्द गर्न ३ दिने अल्टिमेटम

मकवानपुरमा अवैध कन्सल्टेन्सी बन्द गर्न ३ दिने अल्टिमेटम

नागरिक पाटी

२९, बैशाख २०८३
  • 911
    SHARES
  • मकवानपुरमा अवैध कन्सल्टेन्सी बन्द गर्न ३ दिने अल्टिमेटम

    मकवानपुरमा संचालनमा रहेको अवैध कन्सल्टेन्सी तथा शैक्षिक संस्थाहरु बन्द गर्न प्रशासनले ३ दिने अल्टिमेटम जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिना अनुमति सञ्चालनमा रहेका शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण गर्ने संस्थाहरुलाई ३ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।

    images

    प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट आवश्यक अनुमति नलिई गैरकानुनी रुपमा सञ्चालनमा रहेका शैीषक संस्थाहरुलाई शैक्षिक तथा प्रशासनिक क्रियाकलापहरु पूर्ण रुपमा बन्द गर्न अल्टिमेटम दिएको हो ।

    सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्थाहरुको विवरण कार्यालयमा प्राप्त भए तापनि, केही संस्थाहरु अनुमति नलिई प्रचलित कानुन विपरीत सञ्चालन भइरहेको जानकारी प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २९, २०८३ मंगलवार - २०:५०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology