आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा दाजुभाइको हत्या गरिएको अवस्थामा शव फेला

नुवाकोटमा दाजुभाइको हत्या गरिएको अवस्थामा शव फेला

नागरिक पाटी

३१, बैशाख २०८३
  • 2.0K
    SHARES
  • नुवाकोटमा दाजुभाइको हत्या गरिएको अवस्थामा शव फेला

    नुवाकोटको म्यागङ गाउँपालिका–४, किम्ताङमा दुई दाजुभाइको हत्या गरेर लुकाएको अवस्थामा बुधबार शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार, किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाए ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो ।

    images

    एक व्यक्तिले प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी जानकारी दिएका थिए । उक्त जानकारीका आधारमा खोजतलास गर्दा उनीहरूको हत्या गरेर खोलामा ढुंगाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको हो ।

    आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ । परिवारका सदस्यका अनुसार, हत्या गरिएका दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - ०७:१६:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology