आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ

नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ

नागरिक पाटी

३१, बैशाख २०८३
  • 2.2K
    SHARES
  • नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ

    नुवाकोटमा दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । दाजुभाइ हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन् ।

    images

    नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेको थियो । किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव जंगलमा फेला परेको थियो ।

    दाजुभाइकै शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको एसपी रेग्मीले बताए । बुधबार बिहान १० बजे खबर आएपछि खोजतलास गर्दा शव भेटिएको प्रहरीले बताएको छ । घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ ।

    घटनास्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेकाले धारिलो हतियार प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १२:४८:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology