पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा शुक्रबार बिहान मरेको गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने आशंका गरिएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी खेतभित्र अन्दाजी २५ बर्षको भाले गैंडा मृत फेला परेको थियो ।
गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको छ । मृत गैँडालाई डिभिजन वन कार्यालयमा ल्याई चितवन राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीद्वारा पोष्टमार्टम गरिएको थियो ।
आज साँझसम्म पोष्टमार्टमको रिर्पोट आउने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । पोष्टमार्टम पश्चात गैडाको खाग थान १ र खुर थान १२ सुरक्षित रूपमा निकालिएको तथा बाँकी सम्पूर्ण अंग प्रत्यङ्ग डिभिजन वन कार्यालय नवलपुरको परिसरभित्र खाडल खनी व्यवस्थापन गरिएको छ ।