आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

नागरिक पाटी

३, जेठ २०८३
  • 3.3K
    SHARES
  • थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

    काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

    images

    चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

    चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०८३ आइतवार - ०७:३१:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology