आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा ८० केजी अवैध क्रिष्टलजस्तो वस्तुसहित एक पक्राउ

धादिङमा ८० केजी अवैध क्रिष्टलजस्तो वस्तुसहित एक पक्राउ

नागरिक पाटी

७, जेठ २०८३
  • 4.2K
    SHARES
  • धादिङमा ८० केजी अवैध क्रिष्टलजस्तो वस्तुसहित एक पक्राउ

    धादिङको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट प्रहरीले ८० केजी अवैध क्रिष्टलजस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ । रुबीभ्याली गाउँपालिकाबाट धादिङबेसीतर्फ अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त वस्तु बरामद गरिएको हो ।

    images

    प्रहरीले प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टलजस्तो देखिने वस्तु फेला पारेको जनाएको छ । उक्त वस्तुसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    बरामद गरिएको वस्तुको तौल ८० केजी रहेको प्रहरीले जनाएको छ । स्थानीय व्यक्तिहरूको रोहबरमा मुचुल्का तयार गरी बरामद वस्तु र पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - १९:११:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology