अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध १२२ रनको जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । जितसँगै २८ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । हारका बाबजुद २८ खेलबाट ३८ जोडेको अमेरिका शीर्ष स्थानमा कायम छ ।