मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेता पाण्डेद्धारा बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

नेता पाण्डेद्धारा बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

नागरिक पाटी

१०, जेठ २०८३
  • 5.4K
    SHARES
  • नेता पाण्डेद्धारा बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

    राष्ट्रियसभाको ‘विकास, आर्थिक तथा सुशासन समिति’ को बैठकमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणका सम्बन्धमा व्यक्त गरेको विचारप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गम्भीर असहमति प्रकट गरेका छन् ।

    images

    नेता पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट जनतामा निराशा पैदा गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन्। आयोजनाको प्रारम्भिक सर्भेदेखि नै विशेष चासो राख्दै आएका पाण्डेले अर्थमन्त्री वाग्लेले प्रतिमेगावाट लागत बढी आउने भन्दै यसलाई सामान्य जलविद्युत आयोजनाको कोटामा राखेर मूल्याङ्कन गरेकोमा आपत्ति जनाए ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार ९ वर्ष पहिले नै नेपाल सरकारले १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरिसकेको छ। यसका लागि गोरखा र धादिङका २७ गाविसका करिब ५३,००० रोपनी जमिन अधिग्रहण गरी ४३ अर्बभन्दा बढी रकम मुआब्जा वितरण भइसकेको छ भने विस्तृत सर्वेक्षणमा समेत अर्बौँ खर्च भइसकेको छ।

    नेता पाण्डेले बुढीगण्डकी केवल विद्युत् उत्पादन गर्ने आयोजना मात्र नभई एक बहुउद्देश्यीय गौरवको योजना भएको स्पष्ट पारेका छन् । आयोजना निर्माण हुँदा कम्तीमा ४२ कि।मि। लामो विशाल जलाशय बन्ने र जल यातायात सञ्चालन गर्न सकिने, मत्स्यपालन, जलविहार र आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन हुने, जलाशयको किनारामा झन्डै ३०० कि.मि.को रिङ्गरोड बन्ने र वरपर पर्यटकीय होटल तथा रिसोर्टहरू खुल्ने भएकाले त्यसमा ध्यान दिन पाण्डेले आग्रह गरेका छन् ।

    धादिङ क्षेत्र नं. १ का पूर्व सांसद समेत रहेका पाण्डेले काठमाडौँ र सिउरेनीटारमा फिल्ड कार्यालय समेत सञ्चालनमा रहेको अवस्थामा आयोजनालाई ओझेलमा पार्ने प्रयास नगर्न सचेत गराएका छन्। उनले अर्थमन्त्री वाग्लेलाई निराशाजनक अभिव्यक्ति बन्द गरी बुढीगण्डकी निर्माणका लागि आवश्यक रकम जुटाउने उपायतर्फ लाग्न दरिलो सुझाव दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - २१:२४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology