जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ । विभागले वाग्मती, गण्डकी र कर्णालीका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको हो । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा कोसी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थान मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशको हिमाली भू–भागका थोरै स्थानमा र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान, कोसी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।