आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट

गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट

नागरिक पाटी

३१, जेठ २०८३
  • 1.9K
    SHARES
  • गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट

    चर्चित सङ्गीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा कुटपिट भएको छ। कामको सिलसिलामा उत्पन्न भएको विवादपछि स्थानीय एक युवक र एक युवतीले उनीमाथि आक्रमण गरेका हुन् । कुटपिटका कारण अविरलको नाक र आँखामुनिको हड्डी भाँचिएको छ। अमेरिकामै रहेका उनका निकट सङ्गीतकार लक्ष्मण पौडेलका अनुसार अविरलको आँखामा समेत गम्भीर चोट लागेको छ।

    images

    केही समयपछि घटनास्थल पुगेका साथीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए। उनलाई बाल्टिमोरस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। अविरल विगत एक वर्षदेखि सपरिवार अमेरिकामा बस्दै आएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०८३ आइतवार - ०७:३८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology