आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

नागरिक पाटी

२७, आषाढ २०८३
  • 1.8K
    SHARES
  • बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

    काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

    images

    शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो ।

    यसअघि, काठमाडौंकै त्रिपुरेश्वरमा बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा शुक्रबार उनको निधन भएको थियो । शुक्रबारै सर्लाहीमा अर्का एक पुरुषले आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८३ शनिवार - १९:०३:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology