आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थोपल खोलामा बगेर १३ वर्षीया बालिकाको मृत्यु

थोपल खोलामा बगेर १३ वर्षीया बालिकाको मृत्यु

नागरिक पाटी

२८, आषाढ २०८३
  • 806
    SHARES
  • थोपल खोलामा बगेर १३ वर्षीया बालिकाको मृत्यु

    धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा बगेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

    images

    मृतक गङ्गाजमुना गाउँपालिका–१ की सृष्टि तामाङ हुन्। हाल उनी नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा बस्दै आएकी थिइन्। खोला तर्ने क्रममा बगेकी सृष्टिको शव घटनास्थलबाट करिब ५ सय मिटर तल झाडीमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    सांकोष र नीलकण्ठ जोड्ने झोलुङ्गे पुल नजिकैको ड्याम क्षेत्रमा उनी बगेपछि सँगै रहेका दिदीबहिनी र साथीहरूले स्थानीयवासी तथा आफन्तलाई खबर गरेका थिए।

    शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८३ आइतवार - २१:४८:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology