नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ ।
साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो । एनपीएल मंसिर ५ गते समापन हुनेछ ।