मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

‘अर्णव’ चक्रवातको प्रभाव, बुधबार रातिदेखि पानी पर्ने

‘अर्णव’ चक्रवातको प्रभाव, बुधबार रातिदेखि पानी पर्ने

नागरिक पाटी

१०, कार्तिक २०८३
  • 1.3K
    SHARES
  • ‘अर्णव’ चक्रवातको प्रभाव, बुधबार रातिदेखि पानी पर्ने

    बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पानी पर्ने भएको छ । पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाले विशेष बुलेटिनमार्फत पर्सि बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ ।

    त्यस्तै महाशाखाले शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०८३ मंगलवार - ०७:४२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology