आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली (भिडियो)

सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली (भिडियो)

  • 6.8K
    SHARES
  • काठमाण्डौँ । भनिन्छ नि, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागी बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् । अझ बाबुको सानैमा मृत्यू भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले छोराबाट धेरै आशा र अपेक्षा गरेकी हुन्छिन् । एक दिन छोराको अमेरिका भिषा लाग्छ २ बर्षको अमेरिका बसाईपछि छोरा गाउँमा फर्किन्छ । आमालाई पनि अमेरिका लैजाने भन्दै फकाएर सबै घर जग्गा बिक्री गर्छ । एयरपोर्टमा पुगेपछि टिकट काट्न जान्छु भन्दै छोरो अमेरीका उड्छ । टिकट लिएर आउने आशामा कुरेर बसेकी आमा झसंग हुन्छिन् जब छोरो अमेरिका उडिसकेको थाहा पाउछिन् । उनको साथमा पैसा पनि हुँदैन, गाउँ फर्किदा गाडी भाडा नभएर गाडीबाट समेत झारिदिन्छ । यस्तै कथामा आधारीत रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले तीज गीत ‘नारी’को भिडियो तयार पारेका छन् । शर्मिला गुरुङको आवाज रहेको उक्त गीतको शब्द लय र एरेन्ज तारानाथ आचार्यले गरेका छन् भने प्रमोद गुरुङको छायंकनमा सुबास अम्गाईले सम्पादन गरेका हुन् । गीतलाई डिजिटल स्टारले बजारमा ल्याएको हो । https://youtu.be/yU90MVm5-OM
    २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - २१:४८:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology