आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साउन ३१ गतेबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

साउन ३१ गतेबाट ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

  • 4.5K
    SHARES
  • काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ यही साउन ३१ गतेबाट प्रशारण हुने भएको छ । पछिल्लोपटक साउन २४ गतेबाट प्रशारण हुने भनिएको ‘द भ्वाइस अफ नेपाल’ ३१ गतेबाट मात्रै प्रशारण हुने भएको हो ।

    images
    कार्यक्रम हरेक शुक्रबार र शनिबार हप्ताको दुई प्रशारण हुने ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बताए । हिमालयन टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम साँझ ८ बजेबाट प्रशारण हुनेछ । सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् । ‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए । गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुने जनाईएको छ ।
    २०७६ श्रावण १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - २३:१३:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology