आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

  • 4.1K
    SHARES
  • काठमाण्डौ । भारतीय पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो । स्वराजको पार्थिव शरीर आज बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
    २०७६ श्रावण २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७६ बुधवार - १४:५७:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology