काठमाण्डौँ । गायिका जमुना आचार्यको अत्यन्तै मार्मिक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आचार्यको स्वर तथा शब्द रहेको हे ईश्वर गल्ति के गरेँ बोलको गितको भिडियो सार्वजनिक भएको हो । कृष्ण पुनको एरेन्ज रहेको उक्त गितको भिडियोमा रुपा थापा अधिकारी, सुमन खतिवडा र सुमिको अभिनय रहेको छ ।
रामकुमार केसीको छायाँकन तथा निर्देशन रहेको गितको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका छन् । समाजमा हुने घटनाहरु र त्यसबाट सिर्जना हुने समस्याहरुलाई मध्यनजर गरेर आफुले यस्तो किसिमको गित श्रोता दर्शकमाझ ल्याएको गायिका आचार्यको भनाई छ ।
https://youtu.be/9uyJlM_72lg