काठमाण्डौँ । फिल्म “पोई पर्यो काले” को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । कमेडी शैलीमा रहेको उक्त ट्रेलरमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । यस अघि फिल्म युनिटले फिल्मको टाइटल गीत सार्वजनिक गरिसकेका छन् । उक्त गीतले युट्युबमा दर्शकको राम्रो साथ पाईरहेको छ ।
शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा फिल्ममा पूजा शर्मा ,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा तारा थापा किम्भेको सम्पादन रहेको छ । फिल्म आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
https://youtu.be/ElrD68cQrRA