शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक कार्कीको मौलिक दोहोरी गित "जुटौं भो नछुटौं" सार्वजनिक

गायक कार्कीको मौलिक दोहोरी गित "जुटौं भो नछुटौं" सार्वजनिक

  • 8.3K
    SHARES
  • भनिन्छ संगै हुदा एक अर्काको महत्व बुझ्न सकिन्न । एउटा भनाइ नै छ नि - ' सित्तैमा पाइने अक्सिजन अस्पतालमा कति महँगो पर्छ ।' सम्बन्धको तराजुका दुइ तुलो हुन् , श्रीमान् श्रीमती । माया , बिस्वास अनि साथमा अलिकति तलमाथि हुनासाथ तराजुको ब्यालेन्स बिग्रिन्छ । एक अर्काको साथ् र मायालाई सबैले संगै हुदा महसुस गर्न सकौ ।

    images
    images

    साना कुरामा मन दुखाउदै सम्बन्धको ब्यालेसं बिगार्नु श्रीमान् श्रीमती दुबैका लागि नराम्रो कुरा हो । बिस्वासको अभाबमा संकटमा परेका र पर्न लागेका सबै सम्बन्धकाहरु बलियो बनुन । साना कुरामा मन दुखाएर हैन , एक अर्काको मन बुझ्दै कदममा कदम मिलाएर हिड्नु नै साचो अर्थमा बैबाहिक सम्बन्ध हो ।

    कसैको पनि सम्बन्ध कहिले नछुटोस , यहि कामना सहित लोक दोहोरि गायक उद्दब कार्की र गायिका पार्बती कार्कीको स्वरमा रहेको मौलिक दोहोरि गीत - " जुटौं भो नछुटौं " सार्बजानिक भएको छ । शिबपुरी म्युजिकको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाइ प्रोसिस तिमल्सिनाले निर्देशन गरेका हुन् ।

    गीतको भिडियोमा गायक कार्की संगै चर्चित मोडल अनु पराजुली , पूर्ण प्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुबेदी र प्रितिका पौडेल लगायत कलाकारको अभिनय रहेको छ । क्यानाडा निबासी मुरारी अधिकारीको सब्द रचना रहेको गीतलाई गायक कार्कीले नै संगीत गरेका हुन् । गीतको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

    तपाइको सल्लाह साथ र सकारात्मक प्रतिक्रियाको आशामा निर्माण टिम रहेको निर्देशक तिमल्सिनाले फेसबुक मार्फत जानकारी गराएका छन् । हेर्नुहोस तपाई पनि मौलिक दोहोरि गीत - जुटौं भो नछुटौं ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - ०४:५६:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology