आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"जातिय छुवाछुत तथा भेदभाव स्वीकार्य छैन"

"जातिय छुवाछुत तथा भेदभाव स्वीकार्य छैन"

नागरिक पाटी

२०, जेठ २०७७
  • 12.1K
    SHARES
  • "जातिय छुवाछुत तथा भेदभाव स्वीकार्य छैन"

    सुजना बर्देवा

    मानबमा जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुव्र्यवहार गर्नु नै छुवाछूत हो । यो सामाजिक अपराध हो । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादा विरुद्धको कसुर हो । सामान्ती राज्य सत्ताका कारण एउटै मानव जाती माथी शोषण, दमन गरी आफ्नो राज्यसत्ता टिकाई राख्ने उद्देश्यले विभिन्न जातजातिको नामकरण गरिएको छ । पेशाकै आधारमा उचो निचो जाति बनाए । सुन फलामको काम गर्नेलाई कामि, सुनार, लुवार, लुगा सिलाउने, बाजा बजाउनेलाइ दमाई र जुत्ता सिलाउनेलाइ सार्की भन्ने जस्तै काम र पेशाको अनुसार जाति बनाई अछुत जातीको घोषण गरी जातीय छुवाछुत तथा विभेदलाई बढवा दिएका छन । मानब प्रजातिलाइ जातमा बर्गिकरण गरेर भेदभाब गर्ने कुसंस्कारको कारणले गर्दा अहिले सम्म पनि हामीले छुवाछुत प्रथा भोग्दै आएका छौ।

    images

    नेपालको संविधान र कानुनमा छुवाछुत गर्नु सामाजिक अपराध हो भनि घोषण गरिए पनि छुवाछुत र दलित माथिको उत्पीडन तथा भेदभाव हटेको छैन । सैदान्तिक हिसाबले छुवाछुत र जातिय भेदभाव बिरुद्ध विभिन्न कालखण्डमा सरकारहरुले धेरै थोरै बोले पनि कार्यन्वयन निकाय कमजोर हुँदा ब्यबहारिक रुप दिन सकेनन । फेरी पनि उत्पीडन रोकिएको छैन । अझै भन्नु पर्दा संबिधानको खोष्टामा जे जस्तो लेखेको भएपनि, गणतन्त्र नेपालले अझै पनि छुवाछुत भेदभाब काँधमा बोकेर हिडिरहेको छ।गलत सामाजिक भेदभाव विरुद्ध कानुनि प्रावधान बलियो बनाईसकेको भएपनि लागु हुुन सकेको छैन । फेरी पनि दलित माथीको अन्याय अत्याचार, छुवाछुत, भेदभाव र गलत संस्कृतिका विरुद्ध जनचेतना फैलाउन अनिवार्य छ । हामी सबै जागरुक भएर एकजुट हुन आबश्यक भएको छ ।

    २१औं सताब्दी र गणतन्त्र मुलुकका दलित समुदाय उस्तै उत्पीडनबाट मुक्ति पाउन सकेका छैनन् । देशमा दलित माथिको छुवाछुत, भेदभाव जारी छ । राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उत्पीडन बढदो छ । दलित समुदायलाई सत्तामा पुग्ने भय्याङ्ग बनाईएको छ । दलित माथि कुटपिट, भेदभाव, हत्या हिंसाका घटनाहरु दलित समुदाय माथी धेरै भएका छन । दोषी माथी कडा भन्दा कडा कार्वाही गरि पिडितलाई न्याय दिईने कुरामा समेत राज्य चुकेको छ ।
    कुसंस्कारको हटाउन राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको पूर्ण कार्यान्वयनमा जोड दिनुका साथै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नुपर्छ । समाजमा सबैलाई समान व्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलन जस्ता कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नितान्त आवश्यक छ ।

    बिदेशी संग हाम्रा छोरा, छोरी बिहे गर्दिनको लागि जात धर्म वर्ग आबश्यक पर्दैन तर नेपाली नेपाली बीच विबहा गर्न हाम्रो लागि जात तगारो बन्छ। हामी अर्को धर्मका बिदेशीलाइ खुसि खुसि घर भित्र्याउन, हाम्रा मन्दिर, कुल देवता, चुलो चौकामा लान सक्छौ तर तथाकथित दलितलाइ भेदभाब गर्छौं। हामी नेपाली कुन संस्कारमा छौं, सोच्नु पर्ने समय आएको छ ।

    हामि कामीले बनाएको भाँडामा खाना बनाउछौं, कामीले बनाएको गहना लगाएर सजिञ्छौं, कामीले बनाएको मुर्तिलाई पुजा गरेर धर्म कमाउछौं, दमाइले सिलाएको कपडा लगाएर आफ्नो शरीर ढाक्छौं, दमाइले बजाएको बाँजामा नाच्छौ भने सार्कीले सिलाएको जुत्ता लगाएर हिड्ने गर्छौ। उनीहरुको शिप चल्ने, पौरख चल्ने तर पानि नचल्ने आखिर किनरु जातीय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ । समय संगै धेरै कुरा परिबर्तन भयो तर नेपाली सोचमा कहिले परिबर्तन आएन अझ कति तथाकथित दलितले जातको आधारमा ज्यानको बलिदान दिनुपर्ने हो थाहा छैन, कति दमाइ कामि सार्की मारिने हुन् ।

    सरकार, हाम्रो देशमा लोकतन्त्र आयो गणतन्त्र आयो, आमूल परिवर्तन भयो भनेर नारा जुलुस पनि गर्यौ खुसि मनायौ तर जातीय भेदभाव अन्त्य भएको खोइ रु आज जातीय विभेदकै कारण कतिले अकालमै मारिनु परेको छ भने कतिले आत्महत्या गर्न बाध्य हुनु परेको छ । सरकार अति भयो जातको आधारमा भेदभाब, जातको आधारमा छुवाछुत, यसको लागि कि त कानुनलाइ कार्यन्वयन गरेर हरेक प्रकारको भेदभाब रोक्नु पर्छ नत्र फेरि उत्पीडित जनसमुदायले अर्को जनआन्दोलन सुरु गर्नु पर्ने अबस्था आउन सक्छ तसर्थ सरोकार निकायको ध्यान यथासक्य पुग्न जरुरि छ । हामीमा कुनै पनि फरक छैन भनी बुझाउनका लागि प्रचार–प्रसार गर्न लगाई जनचेतना जगाउनु आजको आवश्यकता र समयको माग हो । मानव मानव भएर बाँच्न पाउनु नै छुवाछूतको अन्त्य गर्नु हो । त्यसैले हामीले यस कुप्रथा बिरुद्द बुलन्द आवाज उठाउन जरुरि छ भने सरकार र समाजलाइ चेतावनी दिदै परिबर्तनको धारमा एकढिक्का भएर उभिनु पर्छ । आजको एकतानै भोलिको सामाज परिबर्तनको मुख्य सम्बाहक हुनेछ । हामीलाई कुनै पनि जातिय भेदभाब र छुवाछुत स्वीकार्य छैन र यसको बिरुद्द हामि आवाज उठाउने छौं अनि कुरीति कुसंस्कार बिरुद्द लड्ने छौं।

    लेखिका सुजना बर्देवा मोडल तथा सौन्दर्यकर्मी हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १८:४२:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology